SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०५:४५ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमान्डौ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि आज बिहान कतार प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल आज बिहान ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, कतारका लागि प्रस्थान गरेका हुन् । उनी ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन गएका हुन् ।