SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

प्रचण्ड र भुसालबीचको भेटवार्ता निष्कर्षविहीन

काठमान्डौ, १७ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भएको भेटवार्ता निष्कर्षविहीन भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुबै नेताबीच पार्टी एकता र पुनर्गठनका विषयमा मतभिन्नता देखिएको स्रोतले जनाएको छ ।