दाउन्ने सडकखण्डमा सवारी आवागमन अवरुद्ध
बुटवल, १७ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ । पानी पर्न रोकिए पनि सडक अत्यधिक हिलो र चिप्लो बनेको, साथै सवारीसाधन बिग्रिएर सडक एकतर्फी बनेका कारण यातायात सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
