SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०६:२५ AM · 1 मिनेट पढाइ

भारतको तेलंगानामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु

काठमान्डौ, १७ कार्तिक । भारतको तेलंगाना राज्यमा भएको भीषण बस–ट्रक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । दुर्घटना सोमबार बिहान रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाले ज्यान गुमाएका छन् भने अन्य २० जना घाइते भएका छन् ।