SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

सीके राउतको रिटमा सुनुवाइका लागि पेसी तोकियो

काठमान्डौ, १७ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइका लागि पेसी तोकेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।