प्रहरी मुख्यालयको निर्देशन : तत्कालीन इञ्चार्जहरूले उपत्यका नछाड्नू
काठमाडौं । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई उपत्यका भित्रै राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
