SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा

काठमाडौँ ।  नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो । गृह मन्त्रालयका स्रोतका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको छ ।