SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

टीओबीका तेन्जिनले नागरिकतामा उल्लेखित बुबा चिनेनन्

काठमाडौँ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको थप पुष्टि भएको छ । नागरिकतामा शंका उत्पन्न भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनले आफ्नो नागरिकतामा उल्लेख गरेका बाबुलाई प्रहरी परिसर काठमाडौँले आइतबार कार्यालयमा बोलाएर भेट गराएको थियो ।