SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

जाँचबुझ आयोगले नख्खु कारागारमा रवि लामिछानेसँग सोधपुछ गर्यो

काठमाडौं, १७ कात्तिक । जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ । आयोगको टोली सोमबार नख्खु कारागार पुगेको थियो र थुनामा रहेका पूर्व गृहमन्त्री लामिछानेसँग सोधपुछ गरेको हो ।