SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा कमी

काठमान्डौ, १७ कार्तिक । गत भदौमा भएको जेनजी आन्दोलन पछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ । वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार भदौको तुलनामा असोज महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १२ हजार ४७१ ले घटेको पाइएको हो ।