SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

दरबारमार्गबाट लुटिएको गोलीसहित २ किशोर पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापा झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन् । गिरी काठमाडौंको कपनमा र थापा मगर मालिगाउँ आनन्द भैरव मार्गमा बस्दै आएका थिए ।