SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०२:५४ AM · 1 मिनेट पढाइ

रुकुम पश्चिममा जीप दुर्घटना, ८ जनाको मृत्यु

 रुकुमपूर्व, ८ कात्तिक ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।