SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०६:०६ AM · 1 मिनेट पढाइ

ह्यात होटल बन्द भएको घटनाप्रति प्रधानमन्त्री कार्कीको चासो

काठमान्डौ, ८ कार्तिक । राजधानीस्थित ह्यात होटलको सेवा बन्द भएको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन् । होटल बन्द भएको र त्यहाँका कर्मचारीलाई प्रवेश निषेध गरिएको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग तत्काल विवरण मागेकी हुन् ।