SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०६:५८ AM · 1 मिनेट पढाइ

भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीमा हत्या

बुटवल, ८ कार्तिक । मकवानपुरको भिमफेदी कारागारबाट फरार एक कैदीको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या भएको छ । शुक्रबार राति गैँडाकोट नगरपालिका–७ स्थित इँट्टाभट्टा नजिक ५–८ जनाको समूहले धारिलो हतियार प्रहार गरी २८ वर्षीय नारायण कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका एसपी युवराज खड्काले जानकारी दिए ।