SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०७:०६ AM · 1 मिनेट पढाइ

अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना पक्राउ

काठमान्डौ, ८ कार्तिक । स्थानीय प्रशासनको अनुमति बिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ५० जनालाई नेपाल प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । शनिबार बिहानदेखि प्रदर्शनका तयारीमा रहेका जेनजी युनाइटेड समूहका सदस्यहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो ।