SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०८:५५ AM · 1 मिनेट पढाइ

विश्वकप लिग–२ मा नेपालसँग खेल्ने अमेरिकी टोली घोषणा

काठमान्डौ, ८ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी अमेरिकाको टोली घोषणा गरिएको छ । यूएस क्रिकेटले मोनाक पटेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । लिग–२ प्रतियोगिता भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, अमेरिका र घरेलु टोली यूएई सहभागी छन् ।