दाङमा करेन्ट लागेर एकको मृत्यु
दाङ । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ रातामाटा टोल निवासी ३५ वर्षिय निरज चौधरीको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार चौधरी घर नजिकैको खोल्सामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा आफैं करेन्टको चपेटामा परेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
