SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०२:१६ AM · 1 मिनेट पढाइ

रामग्राममा अब विशाल बौद्ध विहार

नवलपरासी, ०९ कार्तिक ।  भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूप र सङ्घराम क्षेत्रको बिचमा चिनियाँहरूद्वारा विशाल बौद्ध विहारको निर्माणले स्तूप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने भएको छ । रामग्राम स्तूप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सीमा छुट्ट्याउने भलुहीखोला किनारमा उक्त विहार निर्माणले रामग्राम स्तूप र संघाराम क्षेत्रलाई समेत जोड्ने विश्वास गरिएको हो ।