SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०२:३१ AM · 1 मिनेट पढाइ

गुल्मीमा ट्याक्टर दुर्घटनामा सह‐चालकको मृत्यु

 गुल्मी, ९ कात्तिक  । गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पुनको स्थायी ठेगाना प्युठान जिल्ला, गौमुखी गाउँपालिका–३ रजवार रहेको प्रहरीले जानकारी दिएको छ ।