SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०४:२७ AM · 1 मिनेट पढाइ

सिंहदरबारस्थित कृषि समितिको हलबाट राष्ट्रिय सभा बैठक सञ्चालनको तयारी

 काठमाडौं, ९ कात्तिक । राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ‘जेनजी आन्दोलनकारी’ले आगजनी गरी क्षति पुर्‍याएको र नयाँ संसद भवन अझै निर्माण सम्पन्न नभएकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हल प्रयोग गर्ने तयारी अघि बढाइएको हो ।