SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०४:५२ AM · 1 मिनेट पढाइ

जनताको आवाज सुन्ने सरकारको प्रयास स्वागतयोग्य छ: दुर्गा प्रसाईं

काठमाडौं, ९ कात्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको कदमको स्वागत गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले सरकारको वार्ता पहललाई सकारात्मक रूपमा लिँदै जनताको आवाज सुन्ने प्रयासको प्रशंसा गरेका हुन् ।