SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०७:२६ AM · 1 मिनेट पढाइ

आगामी प्रतिनिधिसभा चुनावमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

काठमान्डौ, ९ कार्तिक । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । आयोगले हाल चुनाव तयारीका क्रममा बजेटको प्रारूप तयार पारेको छ, जसको अन्तिम टुंगो भने अझै हुन बाँकी रहेको छ ।