SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड र क्याम्बोडियाबिच शान्ति सम्झौतामा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड र क्याम्बोडियाबीच आज मलेसियामा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ । मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमको उपस्थितिमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्याण्डका प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले अमेरिकी राष्ट्रपति ट्रम्पसँगै सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।