SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्।