ग्लोबल आइएमई बैंकको ‘प्लाटिनम गल्फ २०२६’ मंसिर १२ र १३ गते आयोजना हुँदै
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले खेलकुद संस्कृतिको प्रवर्द्धन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ । बैंकका अनुसार प्रतियोगिता यही मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुनेछ।