SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०४:२० AM · 1 मिनेट पढाइ

गाउँको जीवनः प्रेम, स्वास्थ्य र आत्मीयताको प्रतीक

म खासगरी चाडपर्वको बेलामा गाउँ जान रुचाउँछु । गाउँघरका उकाली–ओरालीले मन, वचन र कर्मलाई पवित्र बनाउनका लागि प्रेरित गर्छ । गाउँको खानपान, रहन–सहनले स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । गाउँको उकालो–ओरालो, अर्गानिक र प्राकृतिक हिँडाइले शरीरलाई चाहिने आवश्यक तत्व प्रदान गर्छ । गाउँघरको विपत्ती–रहित, रैथाने खाना, स्वच्छ हावापानी, मनमोहक वातावरणले मनै हरर बनाउँछ ।