SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०४:५३ AM · 1 मिनेट पढाइ

दाङको सौडियारमा भाइटीकाको दिन तास खेल्ने १२ जना पक्राउ

काठमाण्डौ – दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।