SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

प्रदेशदेखि वडासम्मलाई गगन-विश्वको परिपत्र: मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुनू

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मतदाता नामावलीमा सूचीकृत हुन मातहतका संरचनालाई परिपत्र गरेका छन्। थापा र शर्माले पार्टी मातहतका संरचनालाई युवा उमेरसँग छलफल गर्न पनि निर्देशन दिएका छन्। त्यस्तै उनीहरूले युवाहरूलाई नै मतदाता नामावलीमा सूचीकृतका लागि अभियान चलाउने कार्यक्रम सुरु गर्न पनि भनेका छन्।