SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०३:३५ PM · 1 मिनेट पढाइ

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

पाल्पा ७ कात्तिक । पाल्पामा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं. ९ का २८ बर्षीय अर्जुन वि.क. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए ।