SHARE
कालिका खबर · सोमबार ८ मंिर २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सकियो

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटी लगायत विषयमा छलफल गर्ने कार्यक्रम थियो। छलफलका निर्णय तथा उपलब्धिबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।