SHARE
कालिका खबर · सोमबार ८ मंिर २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

काठमाडौं : सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएको सहमति कार्यान्वयन गर्न सरकारले ढिलाइ गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले २५औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्रीसहितको सरकारी टोलीले दुई हप्ताभित्र सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसअनुसार काम नभएको बताएका छन् ।