SHARE
कालिका खबर · शनिबार ६ मंिर २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

करिब १० लाख रुपैयाँसहित कौडा खेलिरहेका २४ जना पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको छ ।