मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ’त्यु
काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्। मंसिर ४ गते अन्दाजी १८:०० बजेको समयमा मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको जिल्ला कञ्चनपुर, बेलौरी बस्ने अन्दाजी २५ वर्षीय रमेश चौधरीले चलाएको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रमेश चौधरी र पछाडि सवार जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौं जिल्ला, कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए।