चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण
काठमाडौं । चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच भएको राजनीतिक कुराकानीको अडिओ सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे आफ्नो प्रष्टीकरण दिएका छन् । शुक्रबार राति फेसबुकमार्फत उनले सार्वजनिक गरेको स्पष्टीकरणमा पुराना राजनीतिक नेतृत्वप्रति जनतामा रहेको असन्तुष्टि र परिवर्तनको चाहनाले रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरेका छन्। उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा असन्तुष्टि रहेको बताएका हुन् । न्यौपानेले जनताले दिएको विश्वासलाई कायम राख्न रास्वपाले सुशासन, विकास तथा सार्वजनिक सेवा प्रवाहमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।