SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौँ । आजदेखि नेपाल सम्वत् ११४६ आरम्भ भएको छ। नेपाल संवतको नयाँ वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात् गरेका थिए।