SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०२:३७ AM · 1 मिनेट पढाइ

चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलमा मंगबार साँझ बस र कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना.३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।