तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड
काठमान्डौ, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमा नै सम्पन्न हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण निर्माणमा पूर्ण जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे । उनले भने, “निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर आवश्यक वातावरण बनाउनुपर्छ ।
