राष्ट्रपति पौडेलद्वारा गौ पूजा
काठमान्डौ, ५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारको दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरी समृद्धि र शुभताको कामना गर्ने परम्परा रहिआएको छ । यसै परम्पराअनुसार राष्ट्रपति पौडेलले आज शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेर गाईलाई खानेकुरा अर्पण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
