SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०७:१० AM · 1 मिनेट पढाइ

आगजनीग्रस्त बालकोटस्थित ध्वस्त घरमा पुगे ओली

काठमान्डौ, ५ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनकारीको आगजनी, तोडफोड र लुटपाटले क्षतिग्रस्त बनेको आफ्नो भक्तपुर बालकोटस्थित घरमा पुगेका छन् । बुधबार ओली श्रीमती राधिका शाक्यसहित पहिलोपटक ध्वस्त घरमा पुगेका हुन् । यसअघि श्रीमती शाक्य अलगै गएर निवासको अनुगमन गरिसकेकी थिइन् ।