SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०७:१६ AM · 1 मिनेट पढाइ

ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमान्डौ, ५ कार्तिक । नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीव ज्ञवाली सहभागी थिए। बैठकमा पार्टीको तर्फबाट यस्तो माग राखिएको हो ।