SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०८:४४ AM · 1 मिनेट पढाइ

प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ

काठमान्डौ, ५ कार्तिक । प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २१ वर्षीय सोम गुरुङ रहेका छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।