SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ १२:५० PM · 1 मिनेट पढाइ

रुपन्देहीको गैडहवामा दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु

बुटवल — रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ। मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।