SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

पाल्पाको बैकुण्ठे भिरमा जिप दुर्घटना, १२ जना घाइते

पाल्पा, ५ कात्तिक । तानसेन नगरपालिका–१३ स्थित बैकुण्ठे भिरमा बुधबार एक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको जिप रानीमहल सडक खण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिए । जिपमा चालकसहित १४ जना सवार थिए ।