SHARE
बुटवल टुडे · बिहीबार ६ कात्िक २०८२ ०२:०३ AM · 1 मिनेट पढाइ

गुल्मीमा विद्युत सर्ट हॅुदा घरमा आगलागी

गुल्मी, ६ कात्तिक । गु्ल्मीमा विद्युत सर्ट भएर आगलागीहॅुदा  एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा आज बिहान स्थानीय इश्वरी प्रसाद भण्डारीको  तीनतले कच्ची घरमा अचानक विद्युत सर्टभई आगो लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ता–कपडा लगायत सबै सामग्री जलेर नष्ट भएका छन्।