SHARE
कालिका खबर · शुक्रबार​ ५ मंिर २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

भारतमा पहिलोपटक १,००० किमि लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दै जापान

टोकियो । भारत र जापानले बिहीबार रक्षा सहयोगसम्बन्धी एक महत्त्वपूर्ण सहमती गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस जयशंकरको टोलीले टोकियो भ्रमणका क्रममा भारतीय क्षेप्यास्त्र परीक्षण केन्द्रको प्रयोगका विषयमा दुई देशबीच सहमती गरेको हो । बैठकमा जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीले भने, ‘हामी यस कुरामा सहमत भएका छौँ कि आगामी वर्ष जापानको ‘सेल्फ–डिफेन्स फोर्स’ (आत्मरक्षा बल)ले पहिलोपटक भारतको परीक्षण केन्द्र (फायरिङ रेन्ज) प्रयोग गर्नेछ । रणनीतिक दृष्टिकोणबाट पनि यो एक महत्त्वपूर्ण कदम हो ।