SHARE
कालिका खबर · बिहीबार ४ मंिर २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

इंग्ल्यान्ड भ्रमणमा जाँदै नेपाली क्रिकेट टोली, लर्ड्समा बंगलादेशसँग खेल्ने

काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लड्र्सले आगामी जुन महिनामा नेपाल र बंगलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि मैदानमा पत्रकार सम्मेलन गर्दै ३ जुन २०२७ मा लड्र्समा उक्त खेल हुने जनाएको हो । खेलपछि मिडलसेक्स टी–२० ब्लास्ट खेल पनि आयोजना हुने क्यानले जनाएको छ । इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले वोम्र्सले र बेकेनहममा हुने अन्तर्राष्ट्रिय खेलहरूको शृङ्खलामा आयरल्याण्ड र स्कटल्याण्डको पनि सामना गर्नेछ ।