SHARE
कालिका खबर · बिहीबार ४ मंिर २०८३ ११:०० AM · 1 मिनेट पढाइ

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै विहीबार अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस्स, आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे । ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विष्लेषण नगरिक राजनीति हुदैन’ अध्यक्ष ओलीले भने ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यती नबुझी राजनीति बुझिदैन ।