SHARE
कालिका खबर · बिहीबार ४ मंिर २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

अबुधाबी : संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई नै ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालीलाई ठगी गरी देशको प्रतिष्ठामा आँच पुर्‍याउने जोकोहीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्। कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने क्रम बढिरहेको भन्दै गुनासो गरेका थिए। ठगीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही गर्न नसकिएको उनीहरूको भनाइ थियो।