SHARE
कालिका खबर · बुधबार ३ मंिर २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आएका लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो । यसबारे गृहमन्त्री सुदन गुरूङले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गरेका छन् ।