बोरामा बोकेर हिँडेको एक करोड ६७ लाख रकमसहित तीनजना नख्खुबाट पक्राउ
काठमाडौं । काठमाडौंको नख्खुबाट ठूलो रकमसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोराभित्र एक करोड ६७ लाख ३३ हजार २३० रकमसहित तीनजनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना सवार बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।